☰ open Loading... 16 September 2025|  

सल्यानमा एक वृद्ध मृत फेला
  | २१ मंसिर २०७८, मंगलवार ०५:१८

सल्यान। सल्यानमा एक वृद्ध मृत फेला परेका छन् । जिल्लाको दार्मा गाउँपालिका पाजाखोलाका अन्दाजी ७० वर्षीय टेक बहादुर खत्री सोमबार मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

आइतबार साँझ गाउँमा विवाहको भोज खान गएका खत्री सोमबार बिहान मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी अर्जुन पौडेलले जानकारीदिए ।

स्थानीयले प्रहरीलाई खबर गरेपछि इलाका प्रहरी कार्यालय दार्मा सल्यानबाट खटिएको टोलीले बुझ्दा मृतकको शरीरमा कुनै घाउ चोट नदेखिएको उनले बताए।घटनाको बारेमा थप अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय थारमारेबाट प्रहरी टोली खटिएको सूचना अधिकारी पौडेलले बताए ।