☰ open Loading... 15 September 2025|  

निजी जमिनका सालका रूख काट्न सहज कानूनको माग
  | २१ मंसिर २०७८, मंगलवार १७:५६

 

दैलेख- दैलेखमा निजी जग्गामा उत्पादित सालको रुख तथा काठ बिक्री वितरण सहज बनाउन स्थानियले सरकारवालाहरुलाई माग गरेका छन् ।पारिवारिक निजी वन संघ नेपाल दैलेखले आयोजना गरेको कार्यक्रममा स्थानियले उक्त माग गरेका हुन । उनीहरुले कृषि बाली सरह साल लगायतका प्रजातिमा रुख तथा काठ बेच्न पाउने अधिकार स्थापित हुने गरी कानून निर्माण गर्न स्थानिय सरकारसँग माग गरेका हुन्।

कार्याक्रममा किसानले निजी बनमा लगाएको एउटा रुख काट्न पनि झञ्झट ब्यहोर्नु परिरहेको पारिवारिक निजी वन संघ नेपाल दैलेखका अध्यक्ष भरतराज अधिकारीले गुनासो गरे।अध्यक्ष अधिकारीले भने निजी जमिनमा उत्पादन गरेका सालको रुख ,काठ बिक्री वितरणमा सहज कानुनी प्रावधान नहुनु बिडम्बना हो ।

यस्तै नारायण नगरपालिका दैलेखका मेयर रत्न बहादुर खड्काले आफुले स्थानिय सरकारबाट हुने सहयोग पुरा गर्ने बताएका छन् ।स्थानियले सोधेको प्रश्नमा निजी बनमा उत्पादन गरिएका साल लगायका प्रजातिमा रुख तथा काठ बेच्न पाउनुपर्ने कुरामा उनले आफुले स्थानिय सरकारबाट पहल गर्ने बताएका छन् ।