☰ open Loading... 29 September 2025|  

बालविवाह गर्ने एक जोडी पक्राउ
  | १ पुष २०७८, बिहीबार ०५:२०

 

दैलेख -बालविवाह गरेको आरोपमा दैलेख प्रहरीले एक जोडी पक्राउ गरेको छ । बाल विवाह गरेको आरोपमा दुईजनालाई पक्राउ गरिएको दैलेख प्रहरी प्रमुख डीएसपी भुवनेश्वरप्रसाद साहले बताए।

प्रहरी प्रमुख डीएसपी साहका अनुसार दैलेखको नारायण नगरपालिका वडा नं-५ बस्ने बिशाल सुनारले परिवर्तित नामथर ६२ ‘ख २२’ लाई मंसिर २६ गते बाल विवाह गरी घरमा ल्याई राखेको अवस्थामा दुवै जनालाई पक्राउ गरिएको हो ।प्रहरीका अनुसार पक्राउ परेका दुवै जनालाई दैलेख जिल्ला अदालतबाट५ दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान थालिएको छ।