☰ open Loading... 28 September 2025|  

रत्न राजमार्ग ६ घण्टापछि खुल्यो
  | ३१ श्रावण २०७९, मंगलवार ०५:५२

करिब ६ घण्टा अघिदेखि बन्द रहेको कोहलपुर–सुर्खेत रत्न राजमार्ग खुलेको छ। जंगलमा जनावरले दुई जनाको ज्यान लिएपछि पीडितहरुले विभिन्न माग राखेर बन्द गरेको राजमार्ग साढे ६ घण्टापछि खुलेको हो।

पीडितहरुसँग बर्दिया राष्ट्रिय निकुञ्जका कर्मचारी, प्रशासनसँग सहमति भएपछि बन्द गरिएको राजमार्ग खुलेको सुर्खेतका प्रहरी प्रमुख (एसपी) पदमबहादुर विष्टले बताए। पीडितसँग मृतकका परिवारलाई क्षतिपूर्ती दिने, बाघहरुलाई नियन्त्रणमा लिने या निगरानी गर्ने सहमति भएपछि पीडितहरुले राजमार्ग खुलाएका हुन्।

आइतबार विहान जनावरले भेरीगंगा नगरपालिका –५ गेरवानी जंगलमा घाँस काट्ने क्रममा ४८ वर्षीय रामबहादुर चन्द र ६७ वर्षीया महिला कवि ओलीको मृत्यु भएको थियो।