☰ open Loading... 21 November 2025|  

मुगुमा पहिरोले पुरिएर तीन जनाको मृत्यु,आठ बेपत्ता
  | २४ आश्विन २०७९, सोमबार १४:४०

अविरल वर्षाका कारण आइतबार दिउँसो मुगुको छायानाथ रारा नगरपालिकामा तीन जनाको मृत्यु हुनुका साथै आठ जना बेपत्ता भएका छन्।

जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार छायानाथ रारा नगरपालिका–११ सालिममा पहिरोमा परेर तीन जनाको मृत्यु भएको हो भने आठ जना बेपत्ता भएका छन्। मृतक र बेपत्ता भएकाहरुको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ।

यस्तै वडा नं.८ मा १० वटा घर पहिरोका कारण भत्किएका छन्। यहाँको पूरै गाउँ पहिरोको उच्च जोखिममा रहेको छ। छायानाथ रारा नगरपालिका वडा नम्वर–७ टोप्ला गाउँमा पहिरोले घर भत्किदा २५ भेडासहित लाखौको धनमाल नष्ट भएको छ। साथै पहिरोको उच्च जोखिम रहेकोले टोप्ला, सिगाडी र घुईर गाउँका अधिकांश बासिन्दा बिस्थापित भएका छन्।