☰ open Loading... 27 September 2025|  

भाइटीकाको उत्तम साइत बिहान ११ः३७ बजे
  | १ कार्तिक २०७९, मंगलवार ०५:०५

भाइटीकाको उत्तम साइत बिहान ११ः३७ बजे

 

 

काठमाडौंः यस वर्षको तिहारको भाइटीकाको उत्तम साइत सार्वजनिक भएको छ । उत्तम साइत अनुसार कात्तिक १० गते बिहीबार बिहान ११ बजेर ३७ मिनेटमा रहेको छ ।

 

अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले सोमबार विज्ञप्ति निकालेर यस वर्षको तिहारको भाइटीकाको उत्तम साइत नेपालका लागि कात्तिक १० गते ११ बजेर ३७ मिनेटमा रहेको जनाएको हो ।त्यस्तै भारत, अमेरिका, बेलायतलगायतका देशमा फरक–फरक समयमा उत्तम साइत रहेको पनि समितिले जनाएको छ ।