☰ open Loading... 5 November 2025|  

कर्णाली राजमार्गको जुम्ला खण्ड खुल्यो
  | २ कार्तिक २०७९, बुधबार ०५:२५

जुम्ला । वर्षा पछिको पहिरोले अवरुद्ध कर्णाली राजमार्गको जुम्ला खण्ड खुलेको छ। एक हप्ता लामो प्रयासपछि नाग्म खण्ड खुलेको र गाडी चल्न चालेको डिभिजन सडक कार्यालय जुम्लाका प्रमुख राजिव श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार जुम्ला नाग्म खण्डको रारालिहीदेखि नाग्मसम्म दर्जनौं स्थानमा पहिरो गएको थियो ।कर्णाली राजमार्गमा खटिएका सवइन्जिनियर गोविन्द अधिकारीका अनुसार जुम्ला–नाग्म खण्ड खुले पनि कर्णाली राजमार्गको अन्य ठाउँको पहिरो हटाउने काम भइरहेको छ ।
कालिकोटको पिलीदेखि सेरावाडासम्म काम सकेर गाडी पुगेको छ ।तर सेरावाडादेखि नाग्म सम्मको करिब ३० किलोमिटरमा सबैभन्दा कठिन अवस्था छ । धनाडादेखि नाग्मसम्म मात्रै १४–१५ स्थानमा ठूला ढुंगा बिष्फोट गर्नुपर्ने अवस्था छ ।