☰ open Loading... 28 September 2025|  

दुधमा आत्मनिर्भर बन्न किसानलाई भैसी वितरण
  | ११ बैशाख २०८०, सोमबार ०५:३९

दैलेख  :  गुराँस गाउँपालिकाका १२ जना किसानहरुलाई भैँसी वितरण गरिएको छ । जिल्ला पशु अस्पताल तथा पशु सेवा कार्यालय दैलेखले १० लाख, किसानहरुले ६ लाख र गुराँस गाउँपालिकाले ४ लाख लगानी गरि मुर्रा क्रस जातको भैँसी खरिद गरि गुराँस गाउँपालिका– ४ का १२ जना किसानलाई वितरण गरिएको हो ।
गुराँस गाउँपालिकाका अध्यक्ष टोप बहादुर बिसीले एक पालिका एक पशुसेवा उत्पादन विशेष कार्यक्रम अन्तर्रगत पहिलो चरणमा गुराँसमा भैँसी वितरण गरिएको बताए । गुराँस गाउँपालिकालाई दुधमा आत्मनिर्भर बनाउन उक्र कार्यक्रम संञ्चालन गरिएको बताए । उनले भने गुराँस ४ मा रहेको डेरीमा स्थानियले दुध संकलन गरि स्थानिय बजार र नजिकै रहेको सुर्खेतको वीरेन्द्रनगर बजारमा समेत दुध निर्यात गरिरहेको अवस्थामा थप बजारिकरणमा समेत सहयोग पुग्नछ ।

जिल्ला पशु अस्पताल तथा पशु सेवा कार्यालय दैलेखका प्रमुख भिमबहादुर विष्टले किसानको सक्रियताका कारण गुराँस गाउँपालिकामा उक्त कार्यक्रम गर्न सम्भव भएको बताए । उनले जिल्लाभर कार्यक्रम रहेको भएपनि गुराँस गाउँपालिका बाट कार्यक्रम सुरु गरिएको बताए ।
गुराँस गाउँपालिका –४ का किसान पर्शुराम शर्माले पछिल्लो समय भैसीको मुल्य एक लाख भन्दा बढि पर्ने भएका कारण विपन्न किसानहरुले भैसी किन्न समस्या भएको बेला आफुहरुले भैसी पाउँदा खुसी भएको बताए । उनले सबै किसानले एक लाख रकम जम्मा गर्नै कठिनाई हुन्थ्यो किसानले ४६ हजार र अन्य रकम पशु अस्पताल तथा पशु सेवा कार्यालय र गुराँस गाउँपालिकाले सहयोग गरेको बताए । । गुराँस गाउँपालिकाले १२ वटा किसानलाई भैसी र एक रागो गरी १३ वटा वितरण गरेको जानकारी दिएको छ ।