☰ open Loading... 28 September 2025|  

पूर्वी रुकुमको हुकाम केन्द्रविन्दु भएर भूकम्प
  | ८ जेष्ठ २०८०, सोमबार ०५:५१

पूर्वी रुकुमको हुकाम केन्द्रविन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार पूर्वीरुकुमको हुकामगाउँ वरपर केन्द्रविन्दु भएर आज बिहान २ः५९ बजे चार दशमलव एक रेक्टरस्केलको भूकम्प गएको हो।

यसअघि बाजुरा जिल्लाको विछिया केन्द्रविन्दु भएर गत वैशाख २१ गते चार दशमलव एक रेक्टरस्केलको भूकम्प गएको थियो। नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रका रूपमा लिने गरिन्छ।