☰ open Loading... 29 September 2025|  

बाबियाचाैरबाट अब मुद्दा दर्ता हुने
पश्चिम नेपाल   | ९ आश्विन २०८०, मंगलवार १८:०४

सुर्खेतको ईलाका प्रहरी कार्यालय बाबियाचौरबाट अब मुद्दा दर्ताको प्रकृया हुने भएको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतको असोज ८ गतेको पत्र अनुसार इलाका प्रहरी कार्यालय बाबियाचौरलाइ मुद्दा दर्ताको अनुमति दिईएको हो।

सुर्खेत क्षेत्र नं २ का सांसद हृदयराम थानीले नेपाल प्रहरी प्रधान कार्यालय प्रहरी अपराध अनुसन्धान बिभाग अन्वेषण तथा योजना शाखालार्इ मुद्धा दर्ताको लागी काम अगाडी बढाउन आग्रह गर्नुभएको थियो।

सासंद थानीले २०८०/०६/०४ कोपत्र अनुसार ईलाका प्रहरी कार्यालय बाबियाचौर सुर्खेतलाई मुद्दा दर्ता गरि काम कारबाही अगाडि बढाउने अधिकार प्रदान भएको छ।

अब सुर्खेत पश्चिमका जनता मुद्दा दर्ताका लागि सदरमुकाम वीरेन्द्रनगर धाउनुपर्ने अवस्थाको अन्त्य भएको उल्लेख गर्नभएको छ।