☰ open Loading... 16 September 2025|  

श्री र फिस्टेलको ३ हेलिकप्टर उडानमा प्रतिबन्ध
पश्चिम नेपाल   | ११ आश्विन २०८०, बिहीबार १९:५९

नेपाल नागरिक उड्डयन प्राधिकरणले श्री र फिस्टेलको तीन हेलिकप्टर उडानमा प्रतिबन्ध लगाएको छ।

प्राधिकरणले एएस ३५० बी ३ इ हेलिकप्टर उडानमा प्रतिबन्ध लगाएको हो। प्रधिकरणले दुई वायुसेवा कम्पनीको तीनवटा हेलिकप्टरको उडानमा प्रतिबन्ध लगाएको छ।

वायुसेवा सुरक्षा नियमको उल्लंघन गरेको जनाउँदै बिहीबार दुबै कम्पनीको तीन वटा हेलिकप्टर प्रतिबन्ध लगाएको प्राधिकरणले जनाएको छ।

प्रधिकरणको अनुसार भिजिबिलिटी नभएको अवस्थामा हेलिकप्टर उडाएर हवाई सुरक्षाको उल्लंघन गरेको भन्दै अर्को सूचना जारी नगरेसम्म उडान बन्द गरेको हो।