☰ open Loading... 15 September 2025|  

सामान्य बन्दै नेपालगंज
पश्चिम नेपाल   | १७ आश्विन २०८०, बुधबार ०७:५८

नेपालगंज सामान्य बन्दै छ । मंगलबारदैखि अनिश्चितकालिन कर्फ्यू जारी भए पनि बुधबार बिहान नेपालगन्ज सामान्य देखिएको छ । अत्यावश्यक कामले स्थानीयहरु बजारमा हिडडुल गरिरहेका छन् ।

नेपालगन्जमा २०६३ सालमा हिन्दु र मुस्लिम समुदायबीच विवाद हुँदा भौतिक संरचनामा ठुलो क्षति पुग्यो। यहाँ बेलाबेलामा धार्मिक सद्भाव खलबल्याउने प्रयास भइरहन्छन्।
सामाजिक तथा धार्मिक सद्भावको सहरका रूपमा परिचित नेपालगन्जले त्यस्ता प्रयासलाई चिर्दै आफ्नो परिचय भने जोगाउँदै आएको छ। फेरि अहिले पनि धार्मिक सद्भाव खल्बल्याउने प्रयास भएको छ। यो प्रयासलाई पनि निस्तेज पार्न धार्मिक अगुवा सक्रिय भएका छन्।

मुस्लिम समुदायको मोहम्मद दिवसका दिन गत असोज ११ गते एक युवकले सामाजिक सञ्जालमा मुस्लिम समुदायको धार्मिक आस्थामाथि ठेस पुग्ने गरी टिप्पणी लेखे। त्यसपछि उत्पन्न परिस्थितिले मंगलबार नेपालगन्ज तनावग्रस्त बन्यो।