☰ open Loading... 5 November 2025|  

बल्खुमा तनाव
पश्चिम नेपाल   | ७ मंसिर २०८०, बिहीबार १५:५०

काठमाडौँको बल्खु क्षेत्र तनावग्रस्त बनेको छ। बल्खुमा प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्ने खोजेपछि प्रहरी र प्रदर्शनकारीबिच झडप भएको हो।

प्रहरीले अश्रु ग्यास, पानीको फोहोराको साथै प्रदर्शनकारीमाथि लाठी चार्ज गरेको छ। प्रदर्शनकारीले पनि सुरक्षाकर्मीमाथि ढुङ्गा प्रहार गरिरहेका छन्।

बल्खु क्षेत्रमा दुर्गा प्रसाईं नेतृत्वको समूहले प्रदर्शन गरिरहेको छ। उक्त प्रदर्शनमा राप्रपा नेता ज्ञानेन्द्र शाही बल्खु पुगेसँगै भिड झनै उत्तेजित बनेको छ।

यस अघि बल्खु क्षेत्रमा दुई पक्षका प्रदर्शनकारीहरू बिच ढुंगामुढा भएको थियो।