☰ open Loading... 4 November 2025|  

बागमती नगरपालिकाका मेयरविरुद्ध भ्रष्टाचार मुद्दा
पश्चिम नेपाल   | २८ चैत्र २०८०, बुधबार १५:४४

सर्लाहीको बागमती नगरपालिकाका मेयर भरतकुमार थापाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थापाविरुद्ध बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।

आयोगले ५ करोड ३३ लाख रुपैयाँ अवैधानिक तरिकाले कमाएको दाबी गर्दै बुधबार थापाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।

थापाले ७ करोड ८६ लाख ५० हजार वैध तरिकाले कुल आम्दानी गरेको र यही अवधिमा १३ करोड २० रुपैयाँ लगानी तथा खर्च गरेको अख्तियारले जनाएको छ।

कुल आय तथा लगानी र खर्चबीचको ५ करोड ३३ लाख ५३ हजार रुपैयाँ अवैध तरिकाले आम्दानी गरेको अख्तियारले जनाएको छ।

उनीविरुद्ध आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसुर पुष्टि हुन आएको भन्दै बिगोसहित जरिवाना र कैद सजायको मागदावी लिएको छ।