☰ open Loading... 6 November 2025|  

फेरि बढ्याे सुनकाे भाउ
पश्चिम नेपाल   | २ असार २०८१, आईतवार १४:५४

स्थानीय बजारमा पहेंलो धातुको मूल्य तोलामा एक हजार छ सय रूपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन शुक्रबार तोलामा एक लाख ४१ हजार दुई सय रूपैयाँमा कारोबार भएकामा आजका लागि एक लाख ४२ हजार आठ सय रूपैयाँ निर्धारण भएको छ।

तेजाबी सुन शुक्रबार प्रतितोला एक लाख ४० हजार पाँच सयमा कारोबार भएकामा आजका लागि भने एक लाख ४२ हजार एक सय रूपैयाँ निर्धारण भएको छ। चाँदीको मूल्य भने स्थिर छ। चाँदी शुक्रबार प्रतितोला एक हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो।