☰ open Loading... 27 September 2025|  

नेपालले आज श्रीलङ्का डेभलपमेन्ट स्क्वाडसँग अभ्यास खेल खेल्दै
पश्चिम नेपाल   | २५ असार २०८१, मंगलवार १०:००

श्रीलङ्का भ्रमणमा रहेको नेपाली महिला क्रिकेट टीमले आजबाट अभ्यास खेल खेल्दै छ।

एसिसी एसिया कप वुमेन्समा सहभागिता जनाउन श्रीलङ्का पुगेको नेपाली टीमले श्रीलङ्का डेभलपमेन्ट स्क्वाडसँग अभ्यास खेल खेल्न लागेको हो।

नेपाल र श्रीलङ्का स्क्वाडबीचको खेल राति १०ः १५ बजे सर्रे भिलेजमा हुनेछ।

इन्दु बर्माको कप्तानीमा रहेको नेपाली महिला क्रिकेट टीम आइतवार नै श्रीलङ्काको राजधानी कोलम्बो पुगिसकेको छ।

आगामी जुलाई १९ बाट सुरु हुने खेलमा नेपालले आफ्नो पहिलो प्रतिद्वन्द्वी युएईसँग प्रतिस्पर्धा गर्नेछ।