☰ open Loading... 28 September 2025|  

चार सयले बढ्यो सुनकाे मूल्य
पश्चिम नेपाल   | १४ श्रावण २०८१, सोमबार ११:३१

सोमबार सुनको मूल्य तोलामा ४ सय रुपैयाँ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला १ लाख ४६ हजार १ सय रुपैयाँ कायम भएको छ।

अघिल्लो दिन १ लाख ४५ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो। साउन २ गते सुनको मूल्य हालसम्मकै उच्च १ लाख ४९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै,सोमबार चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँ बढेको छ। अघिल्लो दिन प्रतितोला १७४० रुपैयाँमा कारोबार भएको चाँदी आज १७५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।