☰ open Loading... 28 September 2025|  

विषालु च्याउ खाँदा एकै परिवारका ८ जना बिरामी
पश्चिम नेपाल   | २८ श्रावण २०८१, सोमबार १५:३४

गुल्मीमा विषालु च्याउ खाँदा एकै परिवारका ८ जना बिरामी परेका छन् । आइतबार साँझ विषालु च्याउ खाँदा रेसुंगा नगरपालिका-८ खानीगाउँका टोमबहादुर थापा श्रीशको परिवार बिरामी परेका हुन् ।

आइतबार बेलुका रेसुंगा सामुदायिक वनबाट ल्याएको च्याउ खाएका उनीहरू राती बिरामी परेका थिए । च्याउ खाएर ६५ वर्षको टोमबहादुर थापा, उनीकी श्रीमती ६२ वर्षकी दिलकुमारी श्रीश, छोरा २९ वर्षका विकास थापा, नातिनी १० वर्षकी दिपदिका थापा, १२ वर्षकी विनीषा थापा, छोरी ४२ वर्षको सिर्जना काउछा, छोरी ३९ वर्षकी गीता थापा बिरामी भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

गुल्मी जिल्ला अस्पतालमा सामान्य उपचारपछि उनीहरूको थप उपचारका लागि लुम्बिनी मेडिकल कलेज पाल्पा लगिएको छ ।