☰ open Loading... 28 September 2025|  

औषधि उद्योगमा विस्फोट हुँदा १६ जनाको मृत्यु
पश्चिम नेपाल   | ६ भाद्र २०८१, बिहीबार ०८:२४

भारतको आन्ध्र प्रदेशस्थित एक औषधि उद्योगमा विस्फोट हुँदा कम्तिमा १६ जनाको मृत्यु भएको छ।

आन्ध्र प्रदेशको अनकापल्ली अच्युतपुरममा एसेन्सिया कम्पनीमा रिएक्टर विस्फोट हुँदा ४० जना घाइते भएका छन्।

बुधवार दिउँसो २ः१५ बजेतिर विस्फोट भएको बताइएको छ। उद्योगमा ३८१ जना कर्मचारी रहेको पनि बताइएको छ।

खाना र विश्रामको समय विस्फोट भएको हुँदा ठूलो मानवीय क्षति हुनबाट जोगिएको भारतीय सञ्चार माभ्यमहरूले जनाएका छन्।