☰ open Loading... 5 November 2025|  

सुनको मूल्यमा दोस्रो दिन पनि गिरावट
पश्चिम नेपाल   | २ आश्विन २०८१, बुधबार १३:२९

नेपाली बजारमा आज सुन–चाँदीको मूल्य घटेको छ। मङ्गलवार प्रतितोला ६ सय रूपैयाँ घटेको सुनको मूल्य आज प्रतितोला तीन सय रूपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५६ हजार चार सय रूपैयाँमा कारोबार भइरहेको छ। मङ्गलवार छापावाल सुन प्रतितोला एक लाख ५६ हजार सात सय रूपैयाँमा कारोबार भएको थियो।

यस्तै आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला एक हजार सात सय ९० रूपैयाँमा कारोबार भइरहेको छ।

मङ्गलवार चाँदी प्रतितोला एक हजार नौ सय पाँच रूपैयाँमा कारोबार भएको थियो।