☰ open Loading... 28 September 2025|  

महाबु गाउँपालिका अध्यक्ष पदमा धमाधम मनोनयन दर्ता
पश्चिम नेपाल   | २ मंसिर २०८१, आईतवार १६:०५

दैलेखको महाबु गाउँपालिका अध्यक्षका लागि दलहरूले उम्मेदवारी दर्ता गराएका छन्।

आइतबार दलहरूले मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका हुन्।

नेपाली कांग्रेसबाट झलक भण्डारीले उम्मेदवारी दर्ता गराएका छन्। नेकपा माओवादी केन्द्रबाट जङ बराल र नेकपा एमालेबाट जङ बहादुर शाहीले उम्मेदवारी दर्ता गराएका छन्।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाबाट प्रकाश बुढाले उम्मेदवारी दर्ता गराएका छन् भने नेकपा समाजवादीबाट जगत हमालले उम्मेदवारी दर्ता गराएका छन्।