☰ open Loading... 27 September 2025|  

बस दुर्घटनाहुँदा १८ जना घाइते
पश्चिम नेपाल   | १४ मंसिर २०८१, शुक्रबार १३:२३

दाङको घोराहीबाट तुलसीपुर जाँदै गरेको बस दुर्घटनाहुँदा १८ जना घाइते भएका छन्। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ। बसमा ३७ जना यात्रु सवार थिए। घाइतेहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ।

रा १ ख १३८२ नम्बरको बस घोराही–तुलसीपुर सडक अन्तर्गत तुलसीपुर १८ बिजौरीको डाँडागाउँनेर दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।