☰ open Loading... 4 November 2025|  

आज सुनको मुल्य स्थिर
पश्चिम नेपाल   | २० माघ २०८१, आईतवार ११:०८

साताको पहिलो दिन आज सुनको मूल्य स्थिर रहँदा चाँदीको मूल्यमा सामान्य गिरावट देखिएको छ। चाँदी तोलामा चाँदी पाँच रुपैयाँले घटेर एक हजार ९१० मा कारोबार हुँदैछ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य भने स्थिर रहेको छ। महासंघका अनुसार शुक्रबार प्रतितोला एक लाख ६२ हजार ८०० रुपैयाँमा कारोबार भएको सुन आइतबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ।