☰ open Loading... 27 September 2025|  

सुनचाँदीको मूल्य बढ्यो
पश्चिम नेपाल   | ८ फाल्गुन २०८१, बिहीबार १३:४०

स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ। बुधबारको तुलनामा आज प्रतितोला सुनमा रु ५०० र चाँदीमा रु १० ले वृद्धि भएको छ।

बुधबार रु एक लाख ७० हजार ५०० मा किनबेच भएको एक तोला सुनको मूल्य आजका निम्ति रु एक लाख ७१ हजार निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

यसैगरी, बुधबार रु एक हजार ९८५ मा कारोबार भएको सोही परिमाणको चाँदीको मोल रु एक हजार ९९५ कायम भएको छ।