☰ open Loading... 7 November 2025|  

टीकाराम ढकालको ‘छोरो गयो परदेश’ बोलको गीत सार्वजनिक
पश्चिम नेपाल   | २१ फाल्गुन २०८१, बुधबार ०६:००

 

काठमाडौँ- वैदेशिक रोजगार बोर्डका निर्देशक समेत रहेका गीतकार टिकाराम ढकालको गीत ‘छोरो गयो परदेश’ बोलको म्युजिक भिडिओ सार्वजनिक भएको छ ।

डिजराज पौडेलको स्वर अनि सङगीत रहेको गीतको म्युजिक भिडिओ काठमाडौँमा एक कार्यक्रम गरेर सार्वजनिक गरिएको हो ।

आर्या इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको गीतको भिडिओ कपिल कार्कीले निर्देशन गरेका हुन।

भिडिओमा कलाकार नारद खतिवडा, दीपेन्द्र खत्री आरुष डिजराज पौडेल, टीकाराम ढकाल, मन्जु श्रेष्ठ, आरोभ ढकाल लगायतले अभिनय गरेका छन्।

वैदेशिक रोजगार बोर्डका निर्देशक ढकालले रचना गरेको गीतको भिडिओमा रोजगारीको लागि विदेश जानुपर्ने बाध्यता, त्यहाँका कठिनाइ अनि पैसा कमाउन गएकाहरू बाकसमा फर्कनुपर्ने अवस्था चित्रण गरिएको छ ।

आफूले सानैदेखि लेख्ने गरेको र आगामी दिनमा यस्ता विषय अझै सशक्त रुपमा उठान गर्ने ढकालको भनाइ छ ।