☰ open Loading... 27 September 2025|  

सुनको मूल्यमा नयाँ रेकर्ड
पश्चिम नेपाल   | ५ चैत्र २०८१, बुधबार १२:३८

स्थानीय बजारमा आज सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ। बुधबार नेपालमा सुन प्रतितोला एक लाख ७६ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

यसअघि मंगलबार सुन एक लाख ७५ हजार दुई सय रुपैयाँ पुगेको थियो। त्यस्तै चाँदी आज दुई हजार ४५ रुपैयाँ पुगेको छ। मंगलबार चाँदी दुई हजार ५० रुपैयाँमा कारोबार भएको थियो।