☰ open Loading... 5 November 2025|  

आज सुनको मूल्यमा कीर्तिमान
पश्चिम नेपाल   | १६ चैत्र २०८१, आईतवार ११:५९

स्थानीय बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ।

आइतबार (आज) सुन प्रतितोला एक लाख ७६ हजार ८०० रुपैयाँ पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य ६०० रुपैयाँले बढेर अहिलेसम्मकै उच्च भएको हो।

यसअघि गत शुक्रबार सुन प्रतितोला एक लाख ७६ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको मूल्य घटेको छ। यसअघि प्रतितोला दुई हजार ४० रुपैयाँ रहेको चाँदी आज दुई हजार २५ रुपैयाँमा कारोबार भइरहेको छ।