दैलेख -दैलेखमा बालअधिकार तथा बालसंरक्षण सम्बन्धि जानकारी लिन क्षमता विकास तालिम प्रदान गरिएको छ । सोसेक नेपालको आयोजना नारायण नगरपालिका दैलेखको समन्वयमा र युनिसेफको आर्थिक सहयोगमा स्थानीय तहकम कर्मचारी सघ संस्थाका प्रतिनिधीलाई क्षमता विकास तालिम प्रदान गरिएको हो ।
बालअधिकारको संरक्षण र सम्बद्र्धन गर्ने दायित्व हामी सबैको भएको सोसेक नेपालका कार्यकारी प्रमुख हिरासिंह थापाले बताए । उनले बालबालिकाकाे क्षेत्रमा भएको समस्या समाधान गर्न लागि सबैले सहयोग गर्नुपर्ने बताए ।
जोखिममा रहेका बालबालिकालाई संरक्षण गर्न आवश्यक रहेको नारायण नगरपालिका उपप्रमुख तप्ता थापाले बताईन् । उनले बालबालिकाको अधिकार तथा हकहितको संरक्षण, गर्न स्थानिय तह प्रतिबद्ध रहेको बताइन् ।
बालअधिकारी सम्बन्धि तालिमले धेरै कुरा सिक्ने मौका मिलेको एभरेष्ट क्लब दैलेखका दिपक केसिले बताए ।बालबालिकालाई यौन दुव्र्यवहारबाट जोगाउन यो तालिमले धेरै कुरा सिकाएको उनको भनाई छ।
यस्तै गैसस महासंघ दैलेखका अध्यक्ष डिल कुमारी चन्दले योे तालिममा बालबालिका सम्बन्धि धेरै कुरा सिकेको बताइन् ।
नारायण नगरपालिका नगरप्रमुख लोमन शर्माले यो तालिमले बालबालिकाको क्षेत्रमा थुप्रै कुरा सिकाएको बताए । उनले जिम्मेवारी पक्षबाट बालबालिकामा भएका समस्या कसरी न्यूनीकरण गर्ने सबै लाग्नुपर्ने बताए । पालिकाले बालमैत्री शासन कायन उदेश्यले काम गरिहेको बताए । उनले नगरपालिकाले बालबालिकाको क्षेत्रमा काम गरेकाले आउँदा दिनमा पनि स्थानीय तहले यस्ता खाले कार्यक्रम गरिने जानकारी दिए ।