☰ open Loading... 27 September 2025|  

जुवा खेल्ने चार जना पक्राउ
पश्चिम नेपाल   | ११ जेष्ठ २०८२, आईतवार २१:४१

जुवा खेल्ने क्रममा प्रहरीले चार जनालाई नगदसहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा वीरेन्द्रनगर नगरपालिका–९, बुलबुलेस्थित नरेन्द्रप्रसाद अधिकारीको घरमा छापा मार्दा उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेहरूमा वीरेन्द्रनगर–७ का लक्ष्मीप्रसाद देवकोटा (६४ वर्ष), वडा नम्बर ९ का ददीराम खरेल (५६ वर्ष), तुलाराम अधिकारी (५८ वर्ष) र नरेन्द्रप्रसाद अधिकारी (३४ वर्ष) रहेका छन् ।

प्रहरीका अनुसार १० गते साझ ७ः३० बजे तिर अधिकारीको कोठामा नगद राखी हारजित हुने गरी तास खेलिरहेका थिए । प्रहरी टोलीले सो स्थानमा खानतलासी गर्दा नेपाली नोट ७६ हजार ९ सय रुपैयाँ नगद र ५२ पत्तिको तासको एक गड्डी बरामद गरेको छ ,

उनीहरूलाई जुवा खेल्ने तथा सट्टाबाजी गर्ने नहुने कसुर अन्तर्गत मुद्दा दर्ता गरी ११ गतेदेखि पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता तथा सूचना अधिकारी मोहनजंग बुढथापाले जानकारी दिए ।