☰ open Loading... 27 September 2025|  

कुटपिटबाट घाइते किशोरको मृत्यु
पश्चिम नेपाल   | २२ जेष्ठ २०८२, बिहीबार १३:०९

तुलसीपुर उपमहानगरपालिका–९ बेलुवामा दुई किशोरबीच भएको कुटपिटमा गम्भीर घाइते भएका किशोरको मृत्यु भएको छ।

नेपालगञ्जस्थित नर्सिङ होममा उपचारका क्रममा रुकुम बाँफिकोट गाउँपालिकाका स्थायी बासिन्दा १४ वर्षीय विराज गिरीको मृत्यु भएको प्रहरीले जनाएको छ। निजको टाउकोमा गम्भीर चोट लागेको थियो।

तुलसीपुरस्थित इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सूर्य रानाका अनुसार बुधबार १५ वर्षीय यज्ञ वली र गिरीबीच भएको झगडा कुटपिटमा परिणत भएको थियो। वलीलाई नियन्त्रणमा लिइएको छ।