☰ open Loading... 27 September 2025|  

इरानको राजधानीमा ठुलो विस्फोट
पश्चिम नेपाल   | ४ असार २०८२, बुधबार २१:१३

इजरायल र इरानबीच बढ्दो तनावका बीच तेहरानमा ठुलो विस्फोटको आवाज सुनिएको छ।

बीबीसी फारसीका अनुसार इरानी मिडियाले तेहरानमा ठुला विस्फोटको आवाज आएको जनाएका छन्। यस्तै इजरायली सेनाले देशको वायु सेनाले इरानी राजधानीमा रहेको सैन्य स्थानमा आक्रमण गरिरहेको घोषणा गरेको छ।

यसैबीच इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्सले तेहरानको उत्तरी र पूर्वी उपनगरलाई लक्षित गरी धेरै इजरायली क्षेप्यास्त्र प्रहार गरेको बताएको छ।

तबानक समाचार साइटले इजरायलले कारजका साथै तेहरानको पूर्वी र पश्चिमी क्षेत्रलाई पनि लक्षित गरेको उल्लेख गरेको छ।