☰ open Loading... 27 September 2025|  

कृष्णप्रसादको ‘श्रद्धाञ्जली खण्डकाव्य’ विमोचित
पश्चिम नेपाल   | २५ असार २०८२, बुधबार १५:१८

सुर्खेत: आज दैलेखी सेवा समाज, सुर्खेतको आयोजनामा लेखक कृष्ण प्रसाद जैसी (रुपाखेती) द्वारा लिखित खण्डकाव्य ‘श्रद्धाञ्जली’ को वीरेन्द्रनगर, सुर्खेतमा विमोचन गरिएको छ। यो खण्डकाव्य लेखककी स्वर्गीय आमा पवित्रा रुपाखेतीप्रति समर्पित रहेको छ।
खण्डकाव्यको विमोचन सुर्खेतका प्रमुख जिल्ला अधिकारी जगदीश उपाध्याय र सांसद कृष्णबहादुर जिसी ले संयुक्त रूपमा गरेका थिए। विमोचन समारोहमा उनीहरूले ‘श्रद्धाञ्जली’ खण्डकाव्यले नेपाली साहित्यमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गरे।
नारायण नगरपालिका–२ रुपाखेत टोलका स्थायी बासिन्दा तथा हाल वीरेन्द्रनगर–२ मा बसोबास गर्दै आएका लेखक रुपाखेतीले यसअघि पनि थुप्रै फुटकर कविता र लेखरचनाहरू प्रकाशित गर्दै आएका थिए। उनको यो नयाँ कृतिले पाठकहरूमाझ थप चर्चा बटुल्ने अपेक्षा गरिएको छ।
कार्यक्रममा लेखकका बुबा प्रेमप्रसाद रुपाखेती, पूर्व सांसद ललिता रेग्मी, दैलेखी सेवा समाजका अध्यक्ष देवकुमार विसी, पदाधिकारी तथा सदस्यहरूका साथै साहित्यप्रेमी र शुभचिन्तकहरूको बाक्लो उपस्थिति रहेको थियो। यसले कार्यक्रमलाई भव्यता प्रदान गर्‍यो ।