☰ open Loading... 27 September 2025|  

नेकपा एमाले दैलेखले दियो प्रधानमन्त्री ओलीलाई धन्यवाद
पश्चिम नेपाल   | २५ असार २०८२, बुधबार २०:३९

 

दैलेख । नेकपा एमाले दैलेखले एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवाद दिएको छ । नेकपा एमाले दैलेखको बुधबार पार्टी कार्यालय बसेको बैठकले दैलेखको जलजलेमा निस्केको मिथेन ग्यास उत्खनन र अनुसन्धान गर्न प्रधानमन्त्री केपी शर्माले नेतृत्व गरेको भन्दै पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मालाई धन्यवाद दिएको हो ।

सन् २०१६ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा नेपालमा पेट्रोलियम पदार्थको सम्भाव्यता अध्ययन गरिदिने समझदारी भएको थियो । चाइना जिओलोजिकल सर्भेको अध्ययनले दैलेखको भैरवी गाउँपालिकास्थित जलजलेमा ११२ अर्ब घनमिटर प्राकृतिक मिथेन ग्यास भण्डारण रहेको देखाएको हो ।

पार्टी कार्यालयमा बसेको बैठकले दैलेखको जलजलेमा निस्केको मिथेन ग्यास उत्खनन र अनुसन्धान गर्न प्रधानमन्त्री केपी शर्माले नेतृत्व गरेको भन्दै पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवाद व्यक्त गरेको गरेको नेकपा एमाले दैलेखका अध्यक्ष शूर्य बहादुर शाहीले जानकारी दिए ।यसैगरी, बैठकले २०८२ को नवीकरण, नयाँ आवेदनको सिफारिस सबै प्रदेशमा पठाउने देखि पार्टीले वडा केन्द्रित काममा भए गरेका सबै कामको समिक्षासहित आवश्यक निर्णय गरेको गरेको उनले बताए । उनले जिल्लाको विकासका लागि एमालेले पुर्‍याएको योगदान महत्वुर्ण भएको बताए ।

यस्तै असार २३ गते भोटकोशी, रसुवागढी लगायत विभिन्न ठाउँमा आएको बाढिमा मृत्युु हुनेहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उद्दार कार्यमा सरकारले देखाएको सक्रियताको प्रसंसा पनि बैठकले गरेको छ ।बैठक जिल्ला पार्टी अध्यक्ष सूर्यबहादुर शाहीको अध्यक्षता र कर्णाली प्रदेश कमिटी उपसचिव रविन्द्रराज शर्माको प्रमुख आतिथ्यतामा बसेको हो ।