पश्चिम नेपाल | २८ असार २०८२, शनिबार १३:५६
दैलेख – दैलेखमा लायन्स क्लब अफद्वारा वृक्षारोपण गरिएको छ । दैलेखको नारायण नगरपालिका- ६ बेलासपुर मन्दिर परिसरमा वृक्षारोपण गरिएको लायन्स क्लब दैलेखका अध्यक्ष राजु केसिले जानकारी दिए ।
उनले हराभरा बनाउन वृक्षरोपण कार्यक्रमले सहयोग पुर्याउने बताए । उनले वृक्षारोपणका साथै समयसमयमा रोपेका विरुवाको गोडमेल र सुरक्षा पनि आवश्यक रहेको बताए ।
कार्यक्रममा क्लबका पूर्व अध्यक्ष अन्य सदस्यहरू, स्थानिय बासिन्दा र युवाहरूको पनि सहभागिता रहेको थियो।