पश्चिम नेपाल | २ श्रावण २०८२, शुक्रबार ११:३२
कर्णाली प्रदेश सभाले स्थानीय तहका कर्मचारीहरूको वृत्ति विकासमा महत्त्वपूर्ण मानिएको ‘स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०८१ लाई संशोधन गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित गरेको छ ।
बुधबार बसेको प्रदेश सभा बैठकले उक्त विधेयक पारित गरेको हो ।यो सँगै कर्मचारीको स्तरवृद्धिका लागि आवश्यक भौगोलिक क्षेत्रमा काम गरेको हुनुपर्ने अनिवार्य प्रावधान हटेको छ ।
लामो समयदेखि स्थानीय तहका कर्मचारीहरूले उठाउँदै आएको यो माग सम्बोधन भएपछि उनीहरूले यसलाई महत्त्वपूर्ण उपलब्धिका रूपमा लिएका छन् ।
प्रदेश सभाबाट सर्वसम्मत पारित भएको यो विधेयक अब प्रदेश प्रमुखबाट प्रमाणीकरण भएपछि ऐनको रूपमा लागू हुने छ ।
