☰ open Loading... 27 September 2025|  

दैलेखको नारायण नगरपालिकाले करार प्रकृतिका सम्पूर्ण कर्मचारी हटायो
पश्चिम नेपाल   | २ श्रावण २०८२, शुक्रबार १६:४३

दैलेखको नारायण नगरपालिकाले करार कर्मचारीहरू हटाएको छ । नगर अनुदानबाट सेवा सुविधा खाने अस्थायी, ज्यालादारी र करार प्रकृतिका सम्पूर्ण कर्मचारीहरूको अर्को व्यवस्था नभएसम्मका लागि बिहीबारदेखि म्याद थप नहुने पालिकाले जनाएको छ ।

नगर कार्यपालिकाको बैठकले पालिकामा कार्यरत इलेक्ट्रिसियन, सवारी चालक, कार्यालय सहयोगी, माली, चौकिदार, सरसफाई कर्मीहरू बाहेकका अन्य करार सेवाका कर्मचारीहरू हटाउने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत रेशम बहादुर बुढाले जानकारी दिए ।

पछिल्लो समय देशभरका पालिकाहरूले अनुदानबाट सेवा सुविधा खाने करार कर्मचारीहरूलाई हटाइरहेका छन् । पालिकाहरूले अनुदानको रकमले उनीहरूलाई सेवा सुविधा दिन नसकिने भएकाले करार कर्मचारीहरू हटाएका हुन् ।