पश्चिम नेपाल | २ श्रावण २०८२, शुक्रबार २०:१२
हुम्लामा शुक्रबार दिउँसो ट्याक्टर दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा खार्पुनाथ गाउँपालिका-३ राया गाउँका अन्दाजी २० वर्षीय मिलन बोहरा रहेका छन् ।
यस्तै ट्याक्टर दुर्घटना हुँदा ट्याक्टरमा सवार १४ जना घाइते भएका छन् । सोही वडाको दोजामबाट सदरमुकाम सिमकोटतर्फ आउँदै गरेको ट्याक्टर नम्बर क ०२००१ त ०३५३ नम्बरको ट्याक्टर दुर्घटना भएको थियो ।
दुर्घटनास्थलमा घाइते भएका उनीहरूलाई प्रहरी र स्थानीयहरूले उद्धार गरेर जिल्ला अस्पतालमा पुर्याएको प्रहरी नायव उपरीक्षक (डीएसपी) शंकर पोखरेलले बताए ।