पश्चिम नेपाल | ९ श्रावण २०८२, शुक्रबार १२:१४
सुर्खेतदेखि जुम्ला जाँदै गरेको फाेर्स गाडी दुर्घटना भएको छ। कर्णाली प्रदेश ०२-००१ ज ००४६ नम्बरको फाेर्स गाडी दैलेखकाे दुल्लू नगरपालिका-१ तल्लाेडुंगेश्वर नजिक दुर्घटना भएको हो।
गाडीमा सवार १९ मध्ये १२ जना घाइते भएका र घाइते मध्ये गम्भीर घाइते ५ जनालाई थप उपचारका लागि सुर्खेत पठाइएको दैलेखका प्रहरी प्रमुख (डीएसपी) गणेश बरालले जानकारी दिएका हुन्।
उकालोमा यात्रु चढाउन लाग्दा गाडी ब्याक भएर सडकबाट करिब १५ मिटर तल खाेल्सामा खसेकाे स्थानीयले बताएका छन्।