पश्चिम नेपाल | ९ श्रावण २०८२, शुक्रबार १२:२०
तीन दशकभन्दा लामो समयदेखि पश्चिम सुर्खेतका नागरिकले देखेको विकासको सपना अब साकार हुने दिशामा अघि बढेको छ । यस क्षेत्रको ‘जीवनरेखा’ मानिएको मदन भण्डारी राजमार्ग अन्तर्गत पर्ने बड्डीचौर–खम्बागाडे खण्डको स्तरोन्नतिमा सबैभन्दा ठुलो अड्चनका रूपमा रहेको रुख कटानको समस्या अन्ततः समाधान भएको छ ।
नेपाल सरकार मन्त्रिपरिषद्को २०८१ चैत २६ गतेको निर्णय निर्णयअनुसार बराहताल गाउँपालिका र पञ्चपुरी नगरपालिकाभित्र पर्ने १०.३९९ हेक्टर राष्ट्रिय वन क्षेत्रका विभिन्न प्रजातिका ८६४ वटा रुख÷पोल हटाउन स्वीकृति मिलेको छ ।