पश्चिम नेपाल | ९ श्रावण २०८२, शुक्रबार १३:२३
दैलेख साउन ९गते । जिल्ला प्रहरी कार्यालय दैलेखले अवैध रुपमा खेतमा लागाएको गाँजा फडानी गरी नष्ट गरेको छ । प्रहरीले महाबु गाँउपालिका–४स्थीत बाथ थला,यसीडाँडा र बुढा टोलमा लगाएको गाँजाको बोट फडानी गरी नष्ट गरेको हो ।
अवैध रुपमा खेती गरिएका गाँजा फडानी गरी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख गणेशबहादुर बरालले बताए ।
उनँले पछिल्लो समयमा दैलेखमा प्रहरीले पछिल्लो समय अवैध लागु औषध गाँजासहित र लागु औषध नियन्त्रण गर्न अभियान समेत सञ्चालन गरिएको बताए ।