☰ open Loading... 27 September 2025|  

लागुऔषध नाइट्राजेपामसहित दुई जना पक्राउ
पश्चिम नेपाल   | ९ श्रावण २०८२, शुक्रबार १६:५४

सुर्खेतको वीरेन्द्रनगरबाट लागूऔषध नाइट्राजेपामसहित दुई जना युवकलाई प्रहरीले पक्राउ गरेको छ।

साउन ८ गते बेलुका लागूऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरी टोलीले वीरेन्द्रनगर नगरपालिका–३ स्थित क्षेत्रबाट दुई जनालाई शंकास्पद अवस्थामा फेला पारी खानतलासी गरेको थियो। सोही क्रममा प्रहरीले उनीहरूबाट नाइट्राजेपाम ब्रान्डको २ सय ४३ ट्याब्लेट फेला परेको जनाइएको छ।

पक्राउ परेका व्यक्तिहरूमा सुर्खेत वीरेन्द्रनगर–३ बस्ने २९ वर्षीय कमल कार्की र दैलेख दुल्लु नगरपालिका–६ स्थायी घर भई हाल सुर्खेत वीरेन्द्रनगर–३ मा बसोबास गर्दै आएका २१ वर्षीय ध्वनिल मल्ल रहेका छन्।

हाल उनीहरूलाई लागूऔषध सम्बन्धी मुद्दामा अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता मोहनजंग बुढथापाले बताए ।