☰ open Loading... 27 September 2025|  

कर्णालीमा नेपाल प्रहरी श्रीमती संघको ४१ औँ वार्षिकोत्सवमा वृक्षारोपण कार्यक्रम सम्पन्न
पश्चिम नेपाल   | १६ श्रावण २०८२, शुक्रबार १४:४०

नेपाल प्रहरी श्रीमती संघको ४१ औँ वार्षिक उत्सवको अवसरमा कर्णाली प्रदेश प्रहरी कार्यालय परिसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ।

कार्यक्रममा कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी) माधव प्रसाद श्रेष्ठ, नेपाल प्रहरी श्रीमती संघ कर्णाली प्रदेशकी अध्यक्ष सुमन श्रेष्ठ, संघका कार्यसमिति सदस्यहरू, सिनियर तथा जुनियर प्रहरी अधिकृतहरू, र अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रम अन्तर्गत प्रदेश प्रहरी कार्यालय परिसर भित्र विभिन्न प्रजातिका बिरुवा रोपिएको थियो। वातावरणीय सन्तुलन र हरियाली प्रवर्द्धन गर्ने उद्देश्यसहित गरिएको उक्त वृक्षारोपणले प्रहरी संगठनको सामाजिक उत्तरदायित्वप्रति प्रतिबद्धता दर्शाएको प्रहरी स्रोतले जनाएको छ।

नेपाल प्रहरी श्रीमती संघले हरेक वर्ष विविध सामाजिक उत्तरदायित्वका कार्यहरू गर्दै आएको छ। यसवर्षको वार्षिकोत्सवमा वृक्षारोपणलाई विशेष प्राथमिकता दिइएको संघका पदाधिकारीहरूले जनाएका छन्।