पश्चिम नेपाल | २१ श्रावण २०८२, बुधबार ०८:४३
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । आज विहानैदेखि कर्णाली, सुदूरपश्चिम लगायत प्रदेशमा भारी वर्षाको भईरहेको छ । महाशाखाले दैनिक जनजीवन, स्वास्थ्य, सडक र हवाई यातायातमा पर्न सक्ने प्रभावबारे सतर्क रहन आग्रह गरेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ नेपालको तराईमा अवस्थित छ । यसको प्रभावले कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भूभागमा अधिकांश बदली रही बाँकी भूभागमा साधरणतया बदली रहेको छ ।