☰ open Loading... 27 September 2025|  

सुन तोलाको २ लाख नजिक
पश्चिम नेपाल   | २३ श्रावण २०८२, शुक्रबार १२:०४

आज (शुक्रबार) सुनको मूल्य बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको छ।

आज छापावाल सुनको मूल्य तोलाको एक लाख ९९ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

अघिल्लो दिन सुनको मूल्य प्रतितोला १ लाख ९८ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी २ हजार ३२५ रुपैयाँमा कारोबार भइरहेको छ।