☰ open Loading... 27 September 2025|  

प्रशासनमै हुलाक टिकट काउन्टर
पश्चिम नेपाल   | २४ श्रावण २०८२, शनिबार ०६:४३

दैलेख । जिल्ला हुलाक कार्यालय दैलेखबाट बिक्री वितरण हुँदै आएको हुलाक टिकट जिल्ला प्रशासन कार्यालय दैलेखबाट उपलब्ध हुने व्यवस्था मिलाइएको छ । जिल्ला प्रशासन कार्यालय दैलेखले सेवा लिन आउने सेवाग्राहीहरुको सहजताको लागि कार्यालयमा हुलाक टिकट काउण्टर राखेको हो ।
कार्यालयले सेवाग्राहीले हुलाक टिकटका लागि जिल्ला हुलाक कार्यालयसम्म जानुपर्ने बाध्यता अत्य गर्न प्रशासनबाट उपलब्ध गराउने उदेश्यले टिकट काउण्टर राखिएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले जानकारी दिए । उनले हुलाक टिकट काउण्टर भए संगै सेवाग्राहीले टिकट किन्न असहजता र बजारमा बढी मूल्य तिर्नुपर्ने अवस्थाको अन्त्य हुने बताए । उनले प्रशासनबाट सेवाग्राहीले अबदेखि सहजरूपमा टिकट खरिदको व्यवस्था भए संगै ठुलो सहयोग भएको बताए ।
यस्तै जिल्ला हुलाक कार्यालय दैलेखका प्रमुख निर्मला थापाले जिल्ला प्रशासन कार्यालयमा काम परेर आउने सेवाग्राहीले सजिलो भएको बताइन् । सेवाग्राहीहरुलाई हुलाक टिकट वितरणका लागि काउन्टरमा एक जना कर्मचारी पनि राखिएको समेत उाले बताईन् । यो सँगै सेवाग्राहीहरुलाई टिकट लिन हुलाक कार्यालयसम्म जानुपर्ने बाध्यता पनि हटेको सेवाग्राही पूर्ण बहादुर बडुवालले बताए ।