पश्चिम नेपाल | २६ श्रावण २०८२, सोमबार १२:५४
सुर्खेतको चौकुने गाउँपालिका वडा नं. ७ जिउनारितालमा अटो दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। चौकुने-५ मायातालबाट चौकुने-८ गुटु तर्फ जाँदै गरेको अटो अचानक अनियन्त्रित भई सडकबाट करिब ४० मिटर तल खसेको हो।
दुर्घटनामा अटो चालकसहित सवार ६ जना घाइते भएका छन्। उनीहरूलाई तत्काल उद्धार गरी स्थानीय पाण्डे मेडिकलमा प्राथमिक उपचार गरिएको थियो। अवस्था गम्भीर देखिएपछि थप उपचारका लागि सबैलाई विरेन्द्रनगरस्थित प्रदेश अस्पताल रिफर गरिएको छ।
दुर्घटनाको कारण खुल्न नसकेको भए पनि प्रारम्भिक अनुमान अनुसार तीव्र गतिका कारण अटो अनियन्त्रित भएर खसेको हुन सक्ने बताइएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।