☰ open Loading... 27 September 2025|  

अझै पनि न्यायको लडाई नसकिएको
यामराज बिष्ट   | २७ श्रावण २०८२, मंगलवार ११:५२

 

दैलेख साउन२७गते । दैलेखका पत्रकारले अझै पनि न्याएको लडाई नसकिएको बताएका छन् । नेपाल पत्रकार महासंघ जिल्ला शाखा दैलेख स्वर्गिय पत्रकार डेकेन्द्रराज थापाको २१औं स्मृति दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा यस्तो बताएका हुन् ।
दैलेख बजारमा संचालित खानेपानीको पाईप लाईन काटेर खानेपानी अवरुद्ध गरेपछि खानेपानीको विषयमा छलफल गर्न जाँदा नौमुलेको द्धारीमा तत्कालिन माओवादी कार्यकर्ताहरुले निर्ममता पूर्वक हत्या गरिएको नेपाल पत्रकार महासंघ दैलेखका पूर्बअध्यक्ष यज्ञराज थापाले बताए । उनी राम्रो उद्घोषण कला, लोक देउडाका गायक र राजनीतिमा सक्रियतासँगै समाज सेवा महत्वपुर्ण योगदान भएकाले सम्झन लायक भएको उनले बताए ।

कार्यक्रममा नारायण नगरपालिका–१का वडाध्यक्ष शैलेश श्रेष्ठले स्वर्गीय पत्रकार डेकेन्द्रराज थापाले समाजको लागी महत्वपूर्ण योगदान पुत्याएको बताए । उनँले हामी सबैले उहाँको योगदानलाई सधैभरि सम्झनुपर्ने बताए ।
सामाजिक क्षेत्रमा महत्त्वपूर्ण योगदान भएको महिलाअधिकारकर्मी राधा मल्लले बताईन् । उनले महिलाको अधिकारको क्षेत्रमा हकहितमा सहयोग गर्ने डेकेन्द्र दाईलाई हामी सधैंभरि सम्झेने बताइन् ।

यस्तै नेपाल पत्रकार महासंघ दोस्रो कार्याकाल अध्यक्ष कमल शर्माले हामीले उहाँबाट धेरै कुरा सिकेको बताए । उनले न्यायको लडाइँ अहिले पनि नसकिएको बताए । उनले अदालतले कानुनी दायरामा ल्याउन फैसला गरेको लामो समय बित्दासमेत सरकार पक्षले फरार व्यक्ति पक्राउ गर्न चासो नदिएको गुनासो गरे ।

नेपाल पत्रकार महासंघ पूर्वअध्यक्ष पुष्कर थापाले उहाँलाई हामिले मात्र हैन अन्तर्राष्ट्रियले सम्झेको बताउनुभयो । उहाँले जनता आम नागरिकलाई सहयोग गरेको बताए । उनले थापाको हत्यामा संग्लनमध्येका मुख्य अभियुक्तलाई तत्काल पक्राउ गरी कानुनी कारबाहीमा ल्याउनुपर्ने बताए ।
स्वर्गीय पत्रकार डेकेन्द्रराज थापा अभिभावकत्व लिनसक्ने क्षमता भएको व्यक्ति रहेको दैलेख प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गैरेले बताए । उनले समाज परिवर्तन गर्न पत्रकार डेकेन्द्रराज थापाको महत्वपूर्ण भुमिका रहेको बताए ।

नेकपा एमाले दैलेखका सचिब हिमालयजंग शाहले दैलेखको मात्र गहना नभएर देशको गहना भएकाले पत्रकारिता क्षेत्रबाट पत्रकार डेकेन्द्रराज थापाले महत्त्वपूर्ण भुमिका निर्बाह गरेको बताए । उनले न्याय पाउनुपर्ने मान्छेले न्याय पायो कि पाएन त्यता तिर राज्यको ध्यान केन्द्रित हुनुपर्ने बताए ।

यस्तै नेपाल पत्रकार महासंघ दैलेखका अध्यक्ष अमर सुनारले स्वर्गीय पत्रकार डेकेन्द्रराज थापा डेकेन्द्र बहुआयामिक व्यक्ति भएको बताए । उनीमा राम्रो कलागला भएको उनले बताए । उनँले अझै सकिएको छैन पत्रकारको आन्दोलन बताए । उनले दैलेखको पत्रकारितामा क्षेत्रमा स्वर्गिय पत्रकार डेकेन्द्रराज थापको महत्त्वपूर्ण भूमिका रहेको बताए ।
दैलेख बजारको खानेपानी लाइन काटिएपछि वार्ताका लागी समस्या समाधान गर्ने भन्दै नौमूले गाँउपालि द्वारी पुगेका थापालाई तत्कालीन माओवादीले २०६१असार १२ गते अपहरण गरी ४५ दिन बन्धक बनाई हत्या गरेको थियो । पत्रकार थापाको शव नौमूलेको द्वारी जंगलमा गाडिएको अवस्थामा २०६१ साल साउन २७ गते फेला परेको थियो ।