☰ open Loading... 4 November 2025|  

सुर्खेतमा २० स्कुल बस चेकजाँच, ५ वटा बसमा कारबाही
पश्चिम नेपाल   | २९ श्रावण २०८२, बिहीबार १०:५४

जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले स्कुल बस सञ्चालन सम्बन्धी निर्देशिका २०७४ अनुसार मापदण्ड विपरीत सञ्चालनमा रहेका स्कुल बसहरूको चेकजाँच गरेको छ। चेकजाँच तथा अनुगमनमा २० वटा स्कुल बसमध्ये ५ वटा बसमा कारबाही गरिएको र बाँकीलाई सम्झाएर छोडिएको प्रहरीले जनाएको हो।

जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख वकिल सुनारका अनुसार कारबाहीमा परेका बसहरू अत्याधिक फोहर, दुर्गन्धित, सिट च्यातिएका, आवश्यक सुरक्षा उपकरण नराखी सञ्चालन गरिएका र सवारी साधनको सिट क्षमताभन्दा धेरै विद्यार्थी राखी चलाइएका थिए। साथै, केही बसको प्राविधिक अवस्था समेत राम्रो नभएको पाइएको उनले बताए।

ट्राफिक प्रहरीले यसलाई अभियानकै रूपमा विद्यालय बसहरु चेकजाँच गर्ने गरेको छ । बसको शुल्क तिरेपनि बसहरु फोहोर, सिटक्षमताभन्दा विद्यार्थी कोच्ने लगायतका समस्याहरु आएपनि अभिभावकहरुले े गुनासो समेत गरेका छन् ।

कार्यालयका अनुसार निर्देशिका २०७४ अनुसार मापदण्ड विपरीत सञ्चालन भएका स्कुल बसहरूलाई आगामी दिनमा थप कडा कारबाही गरिनेछ। सुर्खेतमा बसहरु विद्यालय समयमा जथाभावी रोक्ने र चढाउने गर्दछन् । जसले गर्दा विगतमा धेरै दुर्घटनाहरु भएको पाईएको छ ।