सुर्खेत – सुर्खेत प्रहरीले करिब पाँच ग्रामभन्दा बढी ब्राउनसुगरसहित दुई जनालाई नियन्त्रणमा लिएको छ।
गोप्य सूचनाका आधारमा २०८२ साउन २८ गते राति करिब ९ बजे जिल्ला प्रहरी कार्यालय सुर्खेत र लागुऔषध नियन्त्रण शाखा कार्यालय सुर्खेतबाट खटिएको संयुक्त टोलीले वीरेन्द्रनगर नगरपालिका–११ सुब्बाकुनामा चेकजाँच गर्ने क्रममा दुई युवालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा वीरेन्द्रनगर–११ बस्ने १८ वर्षीय किरण थापा र ऐ.ऐ. बस्ने २२ वर्षीय विक्रान्त वली रहेका छन्। शंकास्पद अवस्थामा फेला परेका उनीहरूको शरीर खानतलासी गर्दा ५.५४० ग्राम (पाँच ग्राम पाँच सय चालिस मिलिग्राम) लागुऔषध ‘ब्राउनसुगर’ बरामद भएको प्रहरीले जनाएको छ।
बरामद पदार्थसहित दुबै जनालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सुर्खेतमा मुद्दा दर्ता गरिएको छ। उनीहरूविरुद्ध म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।