दैलेख । दैलेखमा युवायुवतीलाई मानसिक स्वास्थ्य सम्बन्धी प्रशिक्षण प्रदान गरिएको छ । मानसिक स्वास्थ्य समस्या पहिचान र समाधानका लागि नारायण नगरपालिका आयोजना मनोसामाजिक संस्था (टीपीओ नेपाल )को सहयोगमा उक्त कार्यक्रम गरिएको हो ।
किशोरावस्थामा आउने शारिरिक र मानसिक परिवर्तन र यसले निम्त्याउन सक्ने मानसिक समस्या र यसबाट बच्ने उपायहरू बारे प्रशिक्षण प्रदान गरिएको टीपीओ नेपाल मनोविमर्शकर्ता उर्मिला बिशीले बताइन् । उनले मानसिक रोकको बारेमा सबै युवायुवती सचेत रहनुपर्ने बताइन् ।
कार्यक्रममा दैनिक जीवनमा आईपर्ने मानसिक स्वास्थ्य समस्या समाधानका लागि सरकारले रणनीति बनाएर अगाडि बढे नागरिकहरुको मानसिक स्वास्थ्यमा सहयोग पुग्ने प्रहरी वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सई) श्याम अर्यालले बताए । उनले मानसिक स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर सचेतना कार्यक्रममा जोड दिनुपर्ने बताउ । उनले स–साना बोझ एवम् तनावलाई समयमै उचित ढङ्गले व्यवस्थापन गर्न नसक्दा युवायुवतीमा मानसिक स्वास्थ्य समस्या बढिरहेको बताए ।
जिल्लामा लागुऔषधको प्रयोगको संख्या बढ्दै गएकाले नियन्त्रण गर्न सरोकारवाला निकायहरुले प्रचार प्रसारमा खेल्नुपर्ने भूमिका कमि भएकोले सबै पक्षलाई एकजुट भएर लाग्नुपर्ने वरिष्ठ नायव निरीक्षक अर्यालले बताए ।
यस्तै युवायुवती तथा बालबालिकामा मानसिक स्वास्थ्य समस्या बढी देखिन थालेको सचेत रहन नारायण नगरपालिका दैलेखका महिला तथा बालबालिका शाखा प्रमुख गीता बुढाले आग्रह गरिन। उहाँले जिल्लामा पछिल्लो समय युवायुवती तथा बालबालिकामा समेत मानसिक स्वास्थ्य समस्या बढी देखिन थालेको बताइन् । उनले स–साना बोझ एवम् तनावलाई समयमै उचित ढङ्गले व्यवस्थापन गर्न नसक्दा युवायुवतीमा मानसिक स्वास्थ्य समस्या बढिरहेको बताइन् ।यस्ता खाले कार्यक्रमले समाजमा सकारात्मक प्रभाव पर्ने उनले बताइन् ।
एभरेष्ट क्लबका टेकराज न्यौपाने लागुऔषध नियन्त्रण गर्न सबैले सहयोग गर्नुपर्ने बताए ।पछिल्लो समयमा लागुऔषधका घटना बाहिर आएकाले सचेत रहन आग्रह गरे ।उनले अभिभावकले पनि आफ्ना बालबालिकालाई निगरानीमा राख्नुपर्ने बताए । लागुऔषध नियन्त्रण चुनौतिपूर्ण रहेकोले यसमा सबैको साथ सहयोग आवश्यक रहेको उनले बताए ।